१४ बैशाख २०८१, शुक्रबार

जब जहाजलाई हिउँले ढाक्याे.. [फोटो फिचर]
  • न्युज मानसराेवर

काठमाडौं–हुम्लामा भारी हिमपात हुँदा उडान प्रभावित भएको छ। आइतबार साँझदेखि परेको हिमपातका कारण उडान बन्द भएको विमानस्थल प्रमुख विष्णु अधिकारीले जानकारी दिए।

हिमपातका कारण विमानस्थलमा रहेको तारा र समिट एयरका जहाजको उडान रोकिएको छ।

उनका अनुसार उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिएका छन्।

मर्मतका लागि र पार्टपुर्जा बोकेर हुम्ला पु्गेका जहाजसमेत हिउँका कारणा रोकिएका छन्।

हिउँले विमानस्थलमा रहेका जहाजलाई ढाकेको छ भने वरपरका डाँडासमेत सेताम्ये भएका छन्। नेपाल लाइभ

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech