कालिकोट । सन् २०२१ का लागि कर्णाली जेसीज कालिकोट शाखा अध्यक्षमा लक्ष्मण कुमार शाही निर्विरोध निर्वाचित भएका छन् ।एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को कर्णाली जेसीज कालिकोट शाखाको नेतृत्व शाहीले गर्ने छन् ।
कार्यकारीणी उपाध्यक्षमा हरि प्रसाद पाण्डे र धर्मराज शाही , महासचिवमा तुलराज पाण्डे (परिवर्तन )चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा रोहन कुमार विष्ट, लक्ष्मि कुमारी मल्ल (शाही ), खगेन्द्र पाण्डे ,पवन आचार्य ,कोषाध्यक्षमा भुमि प्रसाद आचार्य चयन भएका छन्। नयाँ कार्यसमितिको कानुनी सल्लाहकारमा भने पद खालि रहेको छ। निर्वतमान अध्यक्ष सविन कुमार विषटले २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाही लाई जेसीज चेन हस्तान्तरण गरेर अध्यक्ष पदको जिम्मेवारी उपलब्ध गराएका हुन् ।