१३ बैशाख २०८१, बिहीबार

पश्चिमी वायुको प्रभाव : आज कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  । आज देशका धेरैजसो स्थानमा मौसम बदलि भएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदलि भएको हो । हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

आज राति पनि देशभर मौसम बदलि रही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपात हुने र अन्य स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै मंगलबार र बुधबार पनि आजको जस्तै मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • २० पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech