१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिकाले स्वरोगार कार्यक्रममा १ करोड २२ लाख ७५ हजार खर्च गर्ने

कार्यक्रममा  वडा नं १मा १ सय २८, वडा न २ मा ९०,वडा न ३ मा ४७, वडा नं ४मा १९३,वडा नं ५मा ७८,वडा नं ६ मा १३९, वडा नं ७मा १०२ र वडा नं ८  मा ६३ जना गरि कुल ८४० जनालाई स्वरोजगार गराइने छ ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८मा स्वरोगार कार्यक्रममा १ करोड २२ लाख ७५ हजार खर्च गर्ने भएको छ  ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि प्रधानमन्त्रि स्वरोगार कार्यक्रम अन्र्तगत   आर्थिक वर्ष २०७७।७८ मा कूल आठ सय चालिस जना लाई रोजगार  प्रदान गर्ने उदेश्य लिएका छौँ’ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी गराए । वडा स्तरमा रोजगार का लागि रोजगार  सेवा केन्द्र मार्फत उक्त तथ्यांक संकलन भइसकेको रुचालले  जानकारी गराए ।

कार्यक्रमका लागि संघीय सरकार द्वारा प्रधानमन्त्रि  रोजगार कार्यक्रमका लागि उक्त  बजेट स्कृत भई आइसकेको बैजनाथ गाउँपालिका रोजगार संयोजक अमृत सुनारले बताए ।

संयोजक सुनारले  दिएको जानकारी अनुसार  युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना मा ५१ लाख ९२००० हजार र कामका लागि पारिश्रमिकमा आधारित आयोजना मा  ७० लाख ८३००० हजार गरी कूल १ करोड २२ लाख ७५ हजार संघिय सरकार बाट बजेट विनियोजन गरिएको बताए ।

कार्यक्रममा  वडा नं १मा १ सय २८, वडा न २ मा ९०,वडा न ३ मा ४७, वडा नं ४मा १९३,वडा नं ५मा ७८,वडा नं ६ मा १३९, वडा नं ७मा १०२ र वडा नं ८  मा ६३ जना गरि कुल ८४० जनालाई स्वरोजगार गराइने छ ।

बैजनाथ गाउँपालिका स्तरमा संचालन गरिएका आयोजनाहरु मा उनीहरुलाई काममा आवद्ध गराईने संयोजक सुनारले बताए । रोजगारका लागि प्रति आठ घण्टाको रु ५ सय१७ रुपैयांका दरले उनीहरुले प्राप्त गर्ने छन ।

 

  • २१ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech