१४ आश्विन २०७९, शुक्रबार

राष्ट्रिय सभा बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौं- बिहीबार अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ। १७ गते सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो।

बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ।

१७ गतेको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech