१३ बैशाख २०८१, बिहीबार

बैजनाथमा स्वालम्बी समुहको क्रियासिलताः सामाजिक पुँजी निमार्णमा टेवा

समुहमा आवद्ध महिलाहरुले सामुहिक कार्य बाट नगद ३ लाख ३६ हजार ८ सय ३० आम्दानी गरेका छन् । हाल समुहमा कूल ५ लाख ९५ हजार ६ सय ३० नगद लगानी गरेका छन् । उनीहरुले उत्पादित खसी तथा बोकाको तौल प्रणाली बाट कूल ८ लाख ९७ हजार ४ सय २० रुपैया आम्दानी गर्न सफल भएका छन् ।

  • आरके छिनाल

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित साना किसाना उद्यमी  सुढृढिकरण परियोजना आवद्ध समुहहरु सँग वडा स्तरीय अन्तरक्रिया सम्पन्न गरिएको छ ।

आर्थिक बर्ष २०७६।७७ मा गठित समुहको प्रगति विवरण तथा समुह अन्तरक्रिया संचालन गरिएको हो । बैजनाथ गाउँपालिका वडा न १ देखी ५ सम्म हाल ८१ वटा समुह छन् ।

समुहमा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा साना किसानहरुको क्षमता अभिवृद्धि तथा पशु उत्पादनमा जोड दिइएको छ ।

अन्तरक्रियामा बैजनाथ गाउँपालिका वडा न ४ का अध्यक्ष कालि बहादुर सिहले सचेत समुदाय र समृद्ध समुदाय बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान गरेको बताए उनले अब आर्थिक रुपान्तरण हुन र अन्य समुदायका सबै महिलाहरुलाई प्रेरणा उत्साहित गर्न आवश्यक छ  सिहले भने ‘ । कार्यक्रमको प्रभावकारी देखिएको छ  अब यो कार्यक्रमलाई थप गर्न आवश्यक रहेको  उनले  बताए ।

कार्यक्रममा बोल्दै गैर सरकारी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष धर्मलाल रोकायाले सामाजिक पुँजीको निमार्ण सगै आर्थिक रुपान्तरण लागि कार्यक्रमको देह महत्वपूर्ण हुने बताउदै कार्यक्रम सञ्चालनका निम्ति स्थानीय सरकार खास गरी गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको क्रियाशिल्तामा हेफर संस्थासँगको साझेदारी सम्भव भएको जिकिर गरे । अब आर्थिक रुपान्तरण लाई निरन्तर दिन सहकारी आवश्यक रहेको  रोकायाले  भने ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका अधिकृत महेश कुमार आचार्यले कार्यक्रमको उदेश्य भौतिक सहयोग भन्दा पनि भावनात्मक एकता र समुह क्रियासिलता हो ।’  अब हेफर आधारशिला लाई मनन् गर्दै  आफु , आफ्ना हुदै समुदाय रुपान्तरण गर्न आवश्यक रहेको आचार्यले   बताए ।

अन्तरक्रियामा बोल्दै लालिगुराँस महिला समुह सचिव पार्वती वढाले कार्यक्रम बाट जविन परिवर्तन भएको बताईन् र सामुहिक तरकारी खेतिको सुरुवात गर्ने योजना रहेको बताउदै यो कार्यक्रमलाई निरन्तर दिनु पर्ने जोड दिइन् ।

 

यसै गरी चौतारी महिलला समुहकी सदस्य कल्पना रानाले कार्यक्रमले पशुको उचित व्यवस्थापन सगै समुदाय एकता बारे महसुस गराएको बताउँदै समुहमा अझै खोर निमार्ण गर्न थप बजेटको आवश्यक रहेको छ कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नु पर्नेमा जोड दिइन् ।

अन्तरक्रियामा समुहबाट हेफर आधारसिला आधारित कविता,स्वगत गित लगाएत प्रस्तुत गरिएको थियो ।

बैजनाथ वडा नं.४ मा कूल १६ वटा समुह छन् ।

परियोजनाले  हाल सम्म  भौतिक सहयोगमा कूल बाख्रा १ सय ४२ बोका १२ खोर निमार्ण २५ डिजिटल तराजु १  डाले तथा भूइ घाँस ११ वटा समुहमा  उपलब्ध गराईएको छ ।

समुहमा आवद्ध महिलाहरुले सामुहिक कार्य बाट नगद ३ लाख ३६ हजार ८ सय ३० आम्दानी गरेका छन् ।

समुहमा  हाल  कूल ५ लाख ९५ हजार ६ सय ३० नगद लगानी गरेका छन् ।

उनीहरुले उत्पादित खसी तथा बोकाको तौल प्रणाली बाट कूल ८ लाख ९७ हजार ४ सय २० रुपैया आम्दानी गर्न सफल भएका छन् ।

यसै गरी समुहमा आवद्ध महिलाहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै २ सय ९३ के.जी चामल ३९ के.जी दाल ४३ के.जी तरकारी १७ लिटर तेल १९ के.जी नुन र नगद ३ हजार २ सय ५० रुपैया सहयोग गरेका छन् ।

कार्यक्रममा समुहबाट अथितिहरुलाई उपहार स्वरुप उत्पादित तरकारी उपलब्ध गराइएको थियो ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech