१३ बैशाख २०८१, बिहीबार

भेरीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता
  • न्युज मानसराेवर

सुर्खेत । छिन्चु–जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गराले बजार नजिकै गौडामा बिहीबार दिउँसो ३ बजे बस दुर्घटनामा परेको हो ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको छ ।

  • २३ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech