७ बैशाख २०८१, शुक्रबार

सेवा प्रवाहमा सहजताका लागि कर्मचारीलाई तालिम
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजताका लागि कर्मचारीहरुलाई तालिम दिन थालिएको छ । कर्मचारीहरुका लागि ३ दिने सकारात्मक सोच तथा व्यवस्थापन सम्बन्धि तालिम शुक्रबारदेखि शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अन्य सरकारी कार्यालय र स्थानीय तहमा काम गर्ने तौर तरिका फरक भएको भन्दै तालिमपछि सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको बताए ।

उनले कर्मचारी समायोजनपछि तालिम आयोजना भएकाले कार्यालयमा देखिएका केही समस्या समाधानका लागि समेत कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे । जनचाहना पुरा गर्नेतर्फ कर्मचारीहरुको ध्यान जानुपर्नेमा राणाले जोड दिए ।

उपमेयर उमा थापामगरले जनमुखी स्थानीय प्रशासनका लागि तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले जनताले अनावश्यक दुःख नपाउन भन्नेमा जनप्रतिनिधीसँगै कर्मचारीकोे पनि ध्यान जानुपर्नेमा जोड दिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले उपमहानगरपालिकामा बर्षौदेखि कार्यरत र समायोजनापछि आएका कर्मचारी कार्यरत रहेको भन्दै सीप र ज्ञान आदानप्रदानबाट राम्रो सेवा प्रवाह गर्न सकिने बताए ।

जिआईजेडका बरिष्ठ अधिकृत निराजन सुवेदीले नेपालगञ्ज उपमहानगरपालिकासँग पुरानो सहकार्य भएको भन्दै विकासको क्षेत्रमा नमूना बनाउन जनप्रतिनिधी र कर्मचारी सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech