१५ बैशाख २०८१, शनिबार

सोनाहा होमस्टे जे देखियो ……..

नेपालको लोपोन्मुख समुदाय सोनाहाहरुले सञ्चालन गरेको सामुदायिक होमस्टेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरु संग अनुगमनका क्रममा न्यूज मानसरोबरका अथिति पर्यटन पत्रकार कृष्णलाल चौधरीका शब्दहरु बाट ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बगिरहेको कञ्चन पानी भित्रको बालुवा निकालेर सुन चाल्दै, युवा तथा युवतीहरु काठको नाउ चलाउँदै माछा मार्दै गरेको दृष्य अनि अविरल सलल बगिरहेको पानी यो दृष्य बर्दिया राजापुर थारु तथा सोनाहा सामुदायिक होमस्टेसँग जोडिएको कर्णाली नदीको हो ।

आफ्नै भाषा, पृथक मौलिक परिवेश अनि अनौठो अतिथि सत्कार सहितको नेपालको लोपोन्मुख समुदाय सोनाहाहरुले सञ्चालन गरेको सामुदायिक होमस्टेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरु त्यो दृष्य हेर्न पाए ।

सोनाहाहरुको त्यो दैनिकीले आन्तकरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरिरहेको समेत जानकारी प्राप्त गरे । फरक सँस्कृति अनि जलसँगको सामित्यताले मन लोभिएको प्रतिकृया दिए ।

बाँके र बर्दियाका सामुदायिक होमस्टेहरुमा कोभिड १९को महामारी पछिको अवस्था र होमस्टे प्रवद्र्धन गर्नका लागि छलफलका क्रममा सोनाहा सामुदायिक होमस्टेमा मन्त्रालयका प्रतिनिधि पुगेका थिए ।

अनुगमनकै क्रममा सामुदायिक होमस्टेहरु सुरक्षित गन्तब्यको रुपमा विकास भइरहेको महसुस गरे । प्रकृति र संस्कृतिको संरक्षण एव प्रवद्र्धन गर्दै सामुदायिकरुपमा आर्थिक समृद्धिकालागि अग्रणी भूमिकामा रहेको सामुदायिक होमस्टेहरु पुनः जुरमुराइरहेको पाइएको छ ।

आन्तरिक पर्यटकहरुको चहलपहल दिन प्रतिदिन बढिरहेको गोविन्दपुर सामुदायिक होमस्टेका सचिव जीवन चौधरीले बताए । जनकनगर सामुदायिक होमस्टेका अध्यक्ष तिकल चौधरीले निरन्तररुपमा पर्यटकहरुको आगमन भइरहेको बताए ।

होमस्टे गन्तब्यकोरुपमा विकास गर्न मन्त्रालयले थप सहयोग गर्नु पर्ने बताए । मन्त्रालयले बाँकेको गाभर भ्याली र खड्गवार सामुदायिक होमस्टे, बर्दियाको गोविन्दपुर, जनकनगर, सोनाहा र डल्ला सामुदायिक होमस्टेमा अलग अलग अन्तरक्रिया सहित अनुगमन गरेको छ । मन्त्रालयले समुदायसँगको छलफलबाट आएका आवश्यकतालाई सम्बोधन गर्दै होमस्टे प्रवद्धनात्मक सहित पूर्वाधार निर्माणका लागि सहयोग गर्ने तयारी गरेहेको छ ।

होमस्टे समुदायसँग छलफल गर्दा साँस्कृतिक भवन, कोसेली घर, साँस्कृतिक सामाग्री खदिर लगाएत क्षेत्रमा सहयोग गर्न आग्रह गरेका
छन् ।

वन डिविजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्री, वन डिविजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्ले, पर्यटन मन्त्रालयका अधिकृत त्रेय गणेश घिमिरे, टुकराज पाण्डे, विष्णु भट्टराई लगाएत होमस्टे एशोशिएशन नेपालका केन्द्रिय सचिव कृष्ण चौधरीको सहभागिता रहेको थियो ।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech