१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट बाँकेमा एक जनाको ज्यान गयो
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर १३ का ५५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

भुपु भारतीय सैनिक रहेका उनको सोमवार विहान ७ बजे मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेल वलीले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ८३ जनाको मृत्यु भइसकेको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech