१३ बैशाख २०८१, बिहीबार

बैजनाथको गाउँ सभा शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७७ । ७८ को  गाउँ सभा उद्घाटन गरिएको छ ।

बैजनाथ गाउँकार्यपालिकाको यो हिउँदे गाउँ सभा हो । गाउँ सभा अध्यक्ष मान बहादुर रुचालले पानसमा दियो बाल्दै आर्थिक वर्ष २०७७।०७८ को गाउँ सभा उद्घाटन गरेका थिए ।

गाउँ सभाको सफल्ताको शुभकामना दिन सभाका कनिष्ट सदस्य नारायण थारु बाट बोल्ने अवसर दिएका अध्यक्ष रुचालले वडा न ८ का अध्यक्ष भगन थारु वडा न २ का प्रेम थापालाई बोल्ने अवसर दिएका थिए ।

सभा अध्यक्षले अन्तिम समयमा गाउँपालिका  उपाध्यक्ष शारदा रेग्मी विकलाई शुभकामना व्यक्त गर्न अवसर प्रदान गरेका थिए ।

अधिकाश बोल्ने बक्ताहरुले देशको   पछिल्लाे   राजनितिक   अवस्था र स्थानीय सरकारको भूमिका बारे धारणाा राखेका थिए । मुख्य रूपमा अब  स्थानीय सरकारका भूमिका  सुकुमबासी समस्या समाधान, योजनाहरुको प्रभावकारी कार्यान्वय, कोभिड १९ ले ल्याएको सृजित अवस्था   र न्यूनिकरणमा   ल्याइएका   अवस्था बारे    बोल्ने बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले आगामी गाउँ सभा  माघ ५ गते सञ्चालन हुने गरी सभालाई   स्तगित गरेका छन्  ।    गाउँ सभाले अपुग योजनाहरुका निम्ति बजेटको व्यवस्थापन तथा थप योजना निमार्णमा केन्द्रित हुने बताइएको छ ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech