७ बैशाख २०८१, शुक्रबार

वास्तविक आवश्यतामा आधारित परियोजना सञ्चालनमा ल्याएका हौँःअध्यक्ष रुचाल

समुहमा आवद्ध  महिलाहरुले सामाजिक पुँजीको विकास गदै करिब ८ लाख रकम आम्दानी गर्न सफल भएका छन् भने समुदायमा मेलमिलाप सरसफाई उपहार प्रदान समुह बचत जस्ता उदाहरणीय कार्य गर्दै आइरहेका छन् ।

  • रबि रोकाया

बाँके बैजनाथ ।  बैजानथ गाउँपालिकाले  सञ्चालन गरेको  हेफर मोडेल परियोजनाको अनुगमन गरेको छ ।  गाउँपालिकामा गठित   परियोजना अनुगमन तथा समन्वय समितिले परियोजनाको अनुगमन गरेको हो ।

गाउँपालिकाको लगानीमा वडा नं १देखी ५  सम्म परियोजना संचालित छ ।

अनुगमन समितिले  गाउँपालिका बाट प्रदान गरिएका स्रोधहरुको समेत अवलाेकन तथा अनुगमन गरेको थियो ।

 

साना किसाना उद्यमी  सुढृढिकरण परियोजना आवद्ध समुहहरु लाली गुराँस महिला समूह,चौतारी महिला समूह र शान्ति महिला समूहले आफ्नो प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

समितिले बैजनाथ गाउँपालिका वडा नं ४ र वडा नं २ मा गठित लाली गुराँस महिला समूह जनमतटोल र शान्ति महिला समूह जब्दवामा अनुगमन तथा  समुह अन्तरक्रिया  समेत गर्यो ।

गाउँपालिका बाट उपलब्ध गराइएको स्रोध बाख्राको अवस्ता बारे समुह सदस्य सँग कुरा गर्दै अध्यक्ष रुचाल ।

बैजनाथ गाउँपालिका वडा न १ देखी ५ सम्म हाल ८१ वटा समुह छन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले परियोजना सञ्चालन गर्दा धेरै विरोध भएको स्मरण
गरे ।  उनले भने’ गाउँपालिकाको सबै रकम संस्थालाई दियो अब बरवाद भयो आज तपाइहरुले भन्नु पर्छ स्थानीय सरकारले गलत गरेको रैछ त ?

गलत छ संस्थालाई दिनु हुदैन भन्नु हुन्छ भने हामी परियोजना सञ्चालन गदैनौँ ‘ तर यहाँ  दृश्य फरक छ तपाईहरुमा आएको परिवर्तनले कार्यक्रमको औचित्य बारे धेरै बोल्न आवश्यक नरहेको अध्यक्ष  रुचालले भने “।

समुहका सदस्यहरुले उपहार स्वरुप उत्पादित तरकारी उपहार ग्रहण गर्दै समितिका पदाधिकारीहरु ।

स्थानीय सरकार स्थानीय जनताप्रति जवाफदेही रहेको बताउदै कोठे संवाद र कोठे राजनितिक बाट प्रेरित गाउँकार्यपालिका नभएको  बताए । उनले आम जनताका अधिकारी लाई मध्य नजर गर्दै स्थानीय सरकार अगी   बढेको रुचालले अन्तरक्रियामा जानकारी गराए ।

उनले हिउँदे अधिवेश शुरु भएको बताउदै आवश्यक परे अधिवेशन बाट कार्यक्रमलाई अन्य वडामा लैजान छौ ‘तर यहाँहरुको मागको आधारमा मात्र  सम्भव  हुने   बताए’ । उनले अब उपभोक्ता समिति गठन गर्न पनि आवश्यक नरहेको बताउदै  यहाँहरु (समुह )नै विकास निमार्णका गतिविधिहरुमा सक्रिय हुन  रुचालले आग्रह  समेत गरे ।

पूर्व राज्यमन्त्रि दल बहादुर सुनार लाई कार्यक्रममा आमन्त्रण गर्दै अध्यक्ष रुचाल ।

उनले  परियोजना स्थानीय जनताहरुको वास्तविक आवश्यकतामा आधारित रहेको बताउदै कार्यक्रममा थप परिमार्जन आवश्यक देखिए (समुहहरु) तपाईहरुको  माग मा आधारित परिमार्जन हुने  छ रुचालले भने ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले आर्थिक रुपान्तरणमा समुहमा सक्रिय हुनु भएका दिदी बहिनीहरुको प्रगति उच्च सम्मान जनक भएको बताउदै अब समुदाय लाई नै उत्पादनमा केन्द्रित गराउन समुहका सबै सदस्यहरुको दाहित्व रहेको बताईन् ।

बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले समुहमा आवद्ध सबैको जीवनमा आएको परिवर्तनले सकारात्मक प्रभावहरुलाई अब अन्य समुदायले पनि अनुशरण गर्न आवश्यक रहेको बताए । यहाँहरुले जसरी आफ्नो जीवन परिवर्तनका बारेमा भन्नु भयो अब अन्य बहिनी समुहहरुले पनि जीवन परिवर्तन बारे भन्नु पर्छ र उहाँहरुको पनि जीवन तपाईहरु जस्तै बन्नु पर्छ ऐडीले भने ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रमुख प्रेम स्वाम्बोयूले परियोजनाबाट छोटो समयमा महिला सशक्तिकरण भएको दावि गरे । स्वाम्बोयूले सशक्तिका माध्यमबाट अब आर्थिक रुपान्तरण तर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे ।

अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष लाई आफुले उत्पादन गरेको कागति उपहार दिदै समुह सदस्य ।

कार्यक्रममा बैजनाथका गाउँपालिका वडा अध्यक्ष कार्यपालिका सदस्य विषयगत समितिका संयोजक तथा विषयगत शाखा पशु, कृषिका प्रमुख गरै सरकारी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष धर्मलाल रोकाया हेफर प्रोजेक्ट नेपालका अधिकृत उत्पीडित सामुदाय विकास केन्द्र का प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोगमा साना किसानहरुको क्षमता अभिवृद्धि तथा पशु उत्पादनमा जोड दिइएको छ ।

समुहमा आवद्ध  महिलाहरुले सामाजिक पुँजीको विकास गदै करिब ८ लाख रकम आम्दानी गर्न सफल भएका छन् भने समुदायमा मेलमिलाप सरसफाई उपहार प्रदान समुह बचत जस्ता उदाहरणीय कार्य गर्दै आइरहेका छन् ।

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech