१६ चैत्र २०८०, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
  • न्युज मानसराेवर

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुई वटा मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से ६ प ३१६७ नम्बरको मोटरसाइकलको चालक धनगढी गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुदुरपश्चिम प्रदेश ०१.००.७१५७ नम्बरको मोटरसाइकलको चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनिहरुको धनगढीमा उपचार भइरहेको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech