६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय अनुसन्धान बाँकेमा कार्यरत कर्मचारीको हत्या
  • न्युज मानसराेवर

बाँके बैजनाथ । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय अनुसन्धान बिभाग बाँकेमा कार्यरत सहायक सूचक प्रबिण थापामगरको शुक्रवार दिउँसो नेपालगञ्जको कारकाँदोको पूर्व तिरको खेतमा शव फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको छ । मृतकको शरीरमा डाम देखिएकाले घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने बाँके प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech