७ बैशाख २०८१, शुक्रबार

‘संविधानको पाँग्रा खुस्काएर देशलाई अप्ठ्यारोमा पारियो’
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पाग्राँ खुस्काएर देशलाई अप्ठ्यारोमा पारेको बताएका छन् ।

नेपालगञ्ज नगर कमिटिले शनिवार गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता रिजालले आफू अल्पमतमा परेपछि पद गुम्ने खतरा देखेर प्रधानमन्त्रीले संसद भंग गरेको उल्लेख गरे ।

सर्वसत्तावादी सोचका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद लामो समय नटिक्ने भन्दै उनले संसद ब्यूँझिए पनि चुनाव भए पनि केपी ओलीको सर्वसत्तवादलाई नेपाली काँग्रेसले घुँडा टेकाउने नेता रिजालले दावी गरे ।

संविधानमा मन नपरेको प्रावधानलाई एक एक गरी लत्याउने हो भने विधि र प्रक्रिया नै समाप्त हुने भएकाले संविधानको पालना गराउने र संविधानको रक्षा गर्ने जिम्मा फेरि काँग्रेसकै काँधमा आइपुगेको उनको भनाइ थियो ।

राष्ट्रपतिको भुमिकामा प्रश्न उठाउँदै नेता रिजालले भने, ‘जनताको पक्षमा रहन स्व. मदन भण्डारीलाई समझेर निर्णय लिनुस्, अहिलेको चुनौति भनेको संविधान जोगाउने हो ।’

  • ३ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech