१५ चैत्र २०८०, बिहीबार

सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बस्ति व्यवस्थापनको काम सहज तरिकाले हुन नसकेपछि सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढाइने भएको छ ।

प्रदेशकै ठूलो औद्योगिक क्षेत्रका रुपमा निर्माण गर्न लागिएको उक्त औद्योगिक क्षेत्रको काम बस्ति व्यवस्थापन हुन नसकेकै कारण रोकिएको थियो । तर अब भने बस्ति व्यवस्थापनको उल्झनमा लागेर काम नरोकिने भएको छ ।

९० प्रतिशत खखाली जग्गामा काम पनि शुरु गर्ने र बस्ति व्यवस्थापनको चुनौती मानिएको ५ देखि १० प्रतिशत क्षेत्रका विषयमा समझदारी कायम गर्दै अगाडी बढ्ने रणनीति अपनाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

निर्माणको काम र बस्ति व्यवस्थापनको काम संगै अगाडी बढ्ने भएकाले नौवस्ता औद्योगिक क्षेत्रको भविष्य सुनिश्चित बनेको बस्नेतको भनाई छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बस्ति व्यवस्थापन सहज तरिकाले गरौं भन्दा पनि नमानिएकाले सुरक्षाकर्मी परिचालन भएर पनि काम अगाडी बढाउने तयारी भएको बताएका छन् ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाएर काम अगाडी बढाइने भएको छ ।

काम अगाडी बढेपनि बस्ति व्यवस्थापनलाई भने प्राथमिकतामा राखिएको छ ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech