१४ बैशाख २०८१, शुक्रबार

माघ १६ र १७ गते मतदाता नामावलीकाे त्रुटी सच्याउन सकिने
  • न्युज मानसराेवर

बाँके बैजनाथ । फोटो सहितको मतदाता नामावलीमा रहेको त्रुटि सच्चयाउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा यहि माघ १६ र १७ गतेसम्म निवेदन दिई त्रुटि सच्चयाउने समय तोकिएको कुरा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा आज आयोजित मतदाता नामावली अध्यावधिक ९दावि विरोध समेत० को अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुवेदीले उक्त कुराको जानकारी गराएका हुन् ।

निर्वाचन आयोगले तयार गरेको फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न, अध्यावधिक गर्न, दोहोरोपन एवम् त्रुटि हटाउन, हालसम्म संकलित नामावलीलाई बैधानिकता प्रदान गर्न तथा २०७८ बैशाख १७ र २७ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि अध्यावधिक मतदाता नामावली तयार गर्न तथा मतदाताको सहज पहुँच होस् भनी उद्देश्य राखी उक्त अन्तरक्रिया कार्यक्रम गरिएको छ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी, जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तव, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech