१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जबाट सहुलियत दरमा हुम्ला हवाई उडान शुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकोमा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो ।

नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए । न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए ।

नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले ६ हजार तथा नेपाल एयरलाइन्सले ५ हजार ९ सय ७५ तोकेको बताइएको छ । सबै एयरलाइन्सले हप्तामा एकरएक उडान भर्न शुरु गरेका छन् ।

  • ५ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech