७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जको जस्मिन ज्वैलर्समा चोरी
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जको एक सुन पसलमा चोरी भएको छ । नेपालगञ्जको न्युरोडस्थित जस्मिन ज्वैलर्समा सोमवार राती चोरी भएको हो ।

बागेश्वरी मन्दिर प्रवेश गर्ने पूर्वीद्वार अगाडि रहेको जस्मिन ज्वैलर्स रहेको घरको पछाडिपट्टि झ्यालबाट चढेका चोरले सिढीको माथि रहेको टिनलाई काटेर भित्र पसी सटर फोडेको छ । सुन पसलमा चोरी गरेपछि चोर पछाडिबाट नै डोरीको सहायताले तल ओर्लेको देखिन्छ ।

खुर्सिद अहमदले सञ्चालन गरेको सुन पसलमा चोरी भएको आज विहान पत्ता लागेको हो । विहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको हो । त्यसपछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीको उपस्थितिमा कति र के–के चोरी भयो बुझ्ने काम भइरहेको छ ।

नेपालगञ्जमा केही समययता चोरीका घटनामा बढोत्तरी भएको पाइएको छ । घटनाबारे अनुसन्धान शुरु एएको बाँके प्रहरीले जानकारी दिएको छ ।

  • ६ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech