१५ बैशाख २०८१, शनिबार

कोभिड भ्याक्सिन : नेपाललाई डेढ कराेड डाेज उपलब्ध गराउने भारतको तयारी
  • न्युज मानसराेवर

काठमाडौं- नेपाललाई भारतले डेढ कराेड डाेज कोरोनाविरुद्धको खाेप अनुदान स्वरूप उपलब्ध गराउने तयारी गरेको छ। पहिलो चरणमा यसै साता १० लाख डाेज खाेप उपलब्ध गराउने भारतले तयारी गरेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी यसको औपचारिक रूपमा जानकारी दिने तयारी गरेका छन्। अबको केही समयमा नै पत्रकार सम्मेलन सुरु हुँदैछ।

भारतले नेपालसहित ६ छिमेकी देशलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार जानकारी दिएका थिए। भ्याक्सिनको प्रयोगबारे भारतले यी ६ देशका लागि दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि बुधबार समापन हुँदैछ। प्रशिक्षक प्रशिक्षण कार्यक्रम भर्चुअल रूपमा संचालन भइरहेको छ।

भारतले विकास गरेको कोभिसल्ड भ्याक्सिनको आपत्कालीन प्रयोगलाई नेपालको औषधि व्यवस्था विभागले स्वीकृति समेत दिइसकेको छ।  नेपाल लाइभ

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech