१२ बैशाख २०८१, बुधबार

संसद विघटनविरुद्ध जसपाले गर्यो नेपालगञ्जमा प्रदर्शन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिघटन बिरूद्व जनता समाजवादी पार्टी बाँकेले प्रदर्शन गरेको छ ।

पार्टी बाँकेले बुधबार वि पी चोक देखि त्रिभुवन चोक हुंदै जिल्ला प्रशासन कार्यालयको अगाडि प्रदर्शन गर्दै संसद बिघटनको बिरोध गरेको हो ।

जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष लक्ष्मी नारायण बर्माको नेतृत्वमा भएको प्रदर्शनमा जिल्लास्तरीय नेताहरूको सहभागिता रहेको थियो ।

प्रदर्शनका क्रममा कम्युनिस्ट पार्टीले बहुमतको दम्भ देखाउँदै गर्दै आएको कार्यबिरूद्व नाराबाजी गरिएको थियो । यही माघ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सांसद विघटन गरेका थिए ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech