१५ चैत्र २०८०, बिहीबार

बैजनाथले सुरु गर्यो स्थानीय शिक्षा ऐन २०७७ माथी रायसुझाव संकलन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाको शिक्षा ऐन २०७७ को मस्यौदा निमार्णका लागि सरोकारवालाहरु संग रायसुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

बैजनाथ गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
बैजनाथ गाउँपालिकाले निमार्ण गर्न लागेको शिक्षा ऐन २०७७ लाई पूर्णता दिन सरोकारवाला निकायहरु संग बह्त छलफल गरिएको हो ।

बैजनाथ गाउँपालिका शिक्षा ऐन २०७७ मस्यौदा निमार्ण कार्यक्रममा बैजनाथ गाउँपाकिला प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले सहभागिता जनाउन सबैलाई स्वागत गरे । उनले शिक्षा ऐन मस्यौदा निमार्ण लाई अब मूल रुप दिन यहाँहरुका सुझावहरु अमृत हुने हुदाँ राय सुझाव राख्न अनुरोध गरे ।

बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकाललले शिक्षा मस्यौदामा भएका व्यवस्था बारे सहजीकरण गरेका थिए ।


कार्यक्रममा बैजनाथ गाउँपालिका संस्थागत विद्यालयका तर्फ बाट स्याम कुवरले बधाइ दिदै मस्यौदामा सुधार गर्नु पर्ने बुदाँहरु संस्थागकत विद्यालयका तर्फ बाट आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा पेशागत संघ संगठनका तर्फ बाट पहलमान वलीले मस्यौदा आउनु सकारात्मक भएको बताउदै संघ संगठनका तर्फ बाट दिएका सुझावहरु लाई स्थानीय सरकारले ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

मस्यौदा निमार्ण कार्यक्रमका  प्रमुख अथिति पूर्व राज्य मन्त्री दल बहादुर सुनारले कार्यक्रम महत्वपूर्ण रहेको बताउदै मस्यौदा निमार्णले बैजनाथको शिक्षा ऐनलाई पूर्णता दिने विश्वास व्यत्त गरे ।

कार्यक्रमकाे  सभा अध्यक्ष  तथा  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले  शिक्षा ऐन निमार्णमा सरोकारवालाहरुको सुझाव महत्वपूर्ण हुने बताउदै आएका सुझाहरु वडा स्तर हुदै गाउँकार्यपालिकामा  समेत बह्त  छलफल गरिने बताए ।

रुचालले शिक्षा ऐनमा प्रदेश र संघिय सरकार संग नबाझिने तरिएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दिएका अधिकार लाई व्याख्या गर्दै लैजान आवश्यक रहेको बताए ।

बैजनाथ शिक्षा शाखाका प्राविधिक लाल बहादुर बोहरा कार्यक्रम सञ्चालन गरेका थिए । मस्यौदा छलफलमा वडा अध्यक्ष ,सामुदायिक विद्यालय, संस्थागत विद्यालय संघ संगठन पत्रकार शिक्षक लगाएतको सहभागिता रहेको थियो ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech