१३ बैशाख २०८१, बिहीबार

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आगामी तीन दिनसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाे हाे।

उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

यस्तै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महशाखाको भनाइ छ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech