२६ बैशाख २०८१, बुधबार

भेरीको परीक्षणमा १९ संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कोरोनाका १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा ६० जनाको पिसीआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको भेरी अस्पतालद्धारा जारी विवरणमा उल्लेख छ ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech