७ बैशाख २०८१, शुक्रबार

समय अनुरुप शिक्षण विधि अबलम्बन गर्न आवश्यक अध्यक्षःरुचाल
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका शिक्षा शाखाको आयोजनामा चार दिने  लेखा तथा कप्यूटर तालिम उद्घाटन गरिएको छ ।

आतबार बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले व्यानर वाचन गर्दै चार दिने तालिमको उद्घाटन गरे ।

आधारभूत र माध्यमिक तहका  सामुदायिक विद्यालयका प्रअ हरुको तालिमले क्षमता विकास हुने विश्वास लिइएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष   मान बहादुर  रुचालले कार्यक्रमकाे  शुभकामना व्यक्त गर्दै समय अनुरुप शिक्षण विध शिकाईमा रुपान्तरण हुन आवश्यक रहेको  सहभागि आधारभूत माध्यमिक तहका  विद्यालयका शिक्षक शिक्षिकाहरुलाई उनले भने ।

रुचालले लेखा प्रणाली सबै सामुदायिक विद्यालयहरुको एकै विधि अवलम्बन हुन आवश्यक रहेको बताउदै तालिमले यहाँहरुका शिकाइमा  सहजीकरण हुने गाउँपालिकाले  विश्वास लिएकाे बताए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले समय अनुकूल सिकाई सबैमा हुन आवश्यक रहेको बताउदै तालिमको शुभकामना व्यक्त गरिन् ।

यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले यस्ता खालका तालिमहरु माध्यामिक तह हरुमा गरिने जानकारी गराए ।

उनले सामुदायिक विद्यालयहरुका सबै गतिविधिहरु एक द्रार प्रणाली हुन आवश्यक रहेको औल्याए । उनले शिक्षहरुमा बद्लिदो शिक्षण विधिहरु सबैले अनुशरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बैजनाथ शिक्षा शाखा प्रमुख विश्व राज ढकालले सहभागिता तथा अथितिहरुलाई स्वागत गरेका थिए भने शिक्षा शाखा प्राविधिकलाल बहादुर बहोराले  कार्यक्रमको संञ्चालन गरेका थिए ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech