१४ बैशाख २०८१, शुक्रबार

भारतले आफ्नो ७२ औं गणतन्त्र दिवस मनाउँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भारतले मंगलवार ७२ औं गणतन्त्र दिवसको मनाउँदै छ । राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी खटाइएको छ । गणतन्त्र दिवसका अवसरमा दिल्लीको राजपथमा परेड भएको छ ।

यो परेडपछि किसानले कृषि कानुनको विरोधमा ट्रयाक्टर र्याली निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको त्यहाँका प्रहरीले बताएका छन् ।

दिल्लीमा प्रदर्शन गरिरहेका किसानको समर्थनमा मुम्बईका किसान पनि भेला भएका छन् । विवादित कानुनको विषयमा सरकार र किसानबीच ११ पटक छलफल भए पनि निष्कर्ष निस्केको छैन । किसानले यो कानुन संशोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अडान राख्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा बजार सहजीकरणसम्बन्धी कानुन खारेज गर्न माग गर्दै लामो समयदेखि किसान आन्दोलनमा छन् । यी कानुनले संयुक्त रूपमा कृषि उत्पादनको बिक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियमलाई खुकुलो बनाउने किसानको भनाइ छ ।
यसअघिको कानुनले किसानलाई खुला बजारमा सहज पहुँच दिएको थियो । सन् १९४७ जनवरी २६ तारिखमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भएलगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech