७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
  • न्युज मानसराेवर

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन्।

आचार्यको रिट ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ।

प्रधानमन्त्री ओलीले ९ माघमा सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिलले अदालतमा तमासा’ देखाएको भन्दै टिप्पणी गरेका थिए।

मुद्दामा प्रधानमन्त्रीले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको र कानुन व्यवसायीको अपमान गरेको भन्दै हदैसम्मको सजाय माग गरिएको छ।

अवहेलना मुद्दाको लागि वरिष्ठ अधिवक्ता आचार्य आइतबार नै अदालत पुगेका थिए। सर्वोच्चले तीन दिनपछि आज मुद्दा दर्ता गरेको छ। नेपाल समय

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech