७ बैशाख २०८१, शुक्रबार

बाँके प्रहरीद्वारा फरार अभियुक्त पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा फरार रहेका जानकी गाउँपालिकाका ५१ वर्षीय मातादिन काँदु र वहुविवाहमा फरार रहेका खजुरा गाउँपालिका वडा नं २ उढरापुरका विनाकुमारी खटिकलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेले कात्तिक २२ गते काँदुलाई चोरी मुद्दामा एक वर्ष ११ महिना तीन दिन कैद र बीस हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतले वहुविवाहमा खटिकलाई ११ महिना १२ दिन कैदको सजाय सुनाएको हो । बाँके प्रहरीले अहिलेसम्म ५ सय १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइसकेको छ ।

यस्तै प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज १५ जमुनाहा नाकामा शंकास्पदरुपमा उभिएका कोहलपुर ५ रझेनाका २२ बर्षीय होम बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

माघ १२ गते जमुनाहाबाट खटिएको प्रहरी टोलीले सार्कीलाई तलासी लिने क्रममा उनीबाट रातो प्लाष्टिकको पुडिया बनाइराखेको एक ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १३ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech