१४ बैशाख २०८१, शुक्रबार

रेडपाण्डाको छालासहित तीन जान पक्राउ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधवार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

बुधवार बिहान १० बजे रेडपाण्डाको छालाको अबैध कारोबार भईरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले कोहलपुर नगरपालिका १२ चप्परगौंडीस्थित दैलेखी होटलमा छापा मारी तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाँउपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।

प्रहरीले उनिहरु बस्दै आएको होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा २ थान रेडपाण्डाको छाला बरामद गरेको जनाएको छ ।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech