१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जको नगरसभाद्वारा विभिन्न ऐन पारित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन २०७७ पारित गरेको छ । बिहीवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७७ समेत पारित भएको छ ।

मेयर डा. धवलशम्शेर राणाले पेश गरेका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्तावसमेत पारित गरेको छ ।

नगरसभामा मेयर राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताए । मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ , नगर प्रमुख राणाले भने,– सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।

पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उनले क्रिकेट रंगशालाको समेत निर्माण सुरु भएको जानकारी दिए । कार्यक्रममा जनताका अपेक्षा पुरा गर्नका लागि आफुहरु लागिपरेको बताउँदै उपमेयर उमा थापा मगरले यसबीचमा नगरबासी र कर्मचारीबाट प्रर्याप्त साथ र सहयोग पाएको बताइन् ।

यसैबीच नगरसभाले गतवर्ष नेपालगञ्ज नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ । कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिएपनि दुर्घटनावश घटना भएको जनाएको छ । नगरसभामा इन्टिग्रिटी आईडल–२०२० का विजेता जनस्वास्थ्य निरिक्षक आरती चौधरीलाई सम्मान गरिएको छ । चौधरी नेपालगञ्ज १२ मा कार्यरत छन् ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech