४ बैशाख २०८१, मंगलवार

कोहलपुर क्रिसा द्धारा पत्रकार सम्मान
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर क्रिसा द्धारा  कोहलपुरबाट प्रकाशित हुने कोहलपुर टाईम्सका प्रकाशक बिष्णु प्रसाद बेल्वासे र पीपलबोट दैनिकका प्रकाशक चेतकान्त भट्टराईलाई सम्मान गरेकाे  छ ।

कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन (क्रिसा)द्धारा १३ औं स्थापना दिवसको अवसर पारी ‘क्रिसा शिक्षा पत्रकारिता पुरस्कार २०७७’बाट दुई जना पत्रकारलाई सम्मान  गरेकाे हाे ।

विशेष गरी २०६५ सालमा स्थापना भएको क्रिसाका रहेक गतिविधिहरुलाई सञ्चारका माध्यमबाट प्रचारप्रसार गरेको भन्दै क्रिसाले बेल्वासे र भट्टराईलाई सम्मान गरेको छ ।

क्रिसाले दुवै जनालाई पाँच हजार पाँच सय ५० रुपैयाँ सहित कदर पत्रले सम्मान गरेका हो । कार्यक्रममा बोल्दै बेल्वासे र भट्टराईले संस्थागत विद्यालय र सञ्चार बिचको सहकार्य हुन आवश्यक रहेको बताउँदै संस्थागत विद्यालयहरुले उपलब्ध गराउँदै आएको गुणस्तरी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

साथै क्रिसाले सम्मान स्वरुप उपलब्ध गराईएको पाँच हजार पाँच सय ५५ रुपैयाँ बेल्वासेले जेष्ठ नागरिकहरुलाई दिने र भट्टराईले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा रहेको बालविकास केन्द्रमा अध्ययन गरिरहेका अति विपन्न वर्गका बालबालिकाका लागि उपलब्ध गराईएको बताएका छन् ।

  • १५ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech