४ बैशाख २०८१, मंगलवार

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ।

आगामी तीन दिनसम्म देशकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि हल्का हिमपातको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईंमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech