१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट बाँकेमा अनमीको निधन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोरोना भाईरस संक्रमणका कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेकी कोहलपुर वडा नं. ११ निवासी भारतीको शुक्रवार विहान ५ बजेर २७ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिईन् । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

  • १६ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech