१३ मंसिर २०७९, मंगलवार

बालबालिका ‘बुलिङ’को शिकार भइरहेका त छैनन् ?
  • न्युज मानसराेवर

खासगरी विद्यालयमा पढ्न गएका बालबालिकामाथि शारीरिक मात्र होइन, मानसिक यातना पनि दिइरहेका हुन्छन् । यस्ता यातना न बाहिर देखिन्छन्, न बालबच्चाले खुलेर त्यसको विरोध गर्न सक्छन् । तर, त्यस्ता यातानाले उनीहरुलाई भित्रभित्रै सताइरहेको हुन्छ । यस्तो यातना शिक्षक, विद्यालयका कर्मचारी वा आफ्नै सहपाठीबाट समेत हुनसक्छ ।

नेसनल सेन्टर फर एजुकेसनल स्टाटिस्टिक्सका अनुसार १२ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूमध्ये एक तिहाइलाई विद्यालयमा बुलिङ हुने गरेको छ ।

भौतिक बुलिङमा शारीरिक दुव्र्यवहार, सजाय दिने, धकेल्ने, पिट्ने, थुक्ने  झगडा गर्नेजस्ता कार्यहरू पर्छन् । त्यस्तै शारीरिक हानि गर्ने किसिमका धम्की दिने र जबरजस्ती केही कार्यहरू गर्न लगाउने पनि यसैमा पर्छन् ।

भावनात्मक बुलिङमा कसैलाई होच्याउने, कसैलाई नराम्रो नाम राखेर बोलाउने, नराम्रो प्रतिक्रिया दिने, जिस्क्याउने, गालीगलौज गर्ने आदि कुरा पर्छन् । यसमा पीडितलाई बहिष्कार गर्ने प्रयास पनि पर्छ । जस्तै ः एक्लै छोडिदिने वा वास्ता नगर्ने आदि ।

भावनात्मक रूपमा गरिने बुलिङमा कसैको सामान लुकाइदिने वा अर्कै ठाउँमा राखिदिने कामहरू पनि हुन्छन् । भावनात्मक बुलिङ प्रत्यक्ष रूपमा वा साइबर बुलिङको माध्यमले पनि हुनसक्छ ।

अनेकथरी बुलिङ

प्याक बुलिङ भनेको समूहले गर्ने बुलिङ हो । अष्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार प्याक बुलिङ विद्यालयहरूमा अत्यधिक मात्रामा हुने गरेको छ र यो व्यक्तिगत बुलिङभन्दा धेरै लामो समयसम्म चलिरहन्छ ।

प्याक बुलिङमा शारीरिक, भावनात्मक बुलिङ वा साइबर बुलिङ पर्छन् । यस्तो बुलिङ विद्यालयको चौरमा, विद्यालयको हलवेमा, भ¥याङमा,  खेलमैदानमा, जिमखानामा, कक्षाकोठामा वा स्कूल बसमा पनि हुनसक्छ ।

व्यक्तिगत बुलिङ भनेको एकले अर्कोलाई गर्ने (वान-अन-वान) बुलिङ हो । जुन अनलाइन मार्फत, प्रत्यक्ष गरिने शारीरिक वा भावनात्मक बुलिङ हुनसक्छ । सन् २००९ मा अष्ट्रेलियामा गरिएको एक अध्ययनअनुसार यो प्राथमिक विद्यालयमा धेरै हुने गरेको छ ।

विद्यालय बुलिङका माध्यम

फेस–टु–फेस बुलिङ

यसमा विद्यार्थीले एक अर्कालाई प्रत्यक्ष रूपमा चुनौती दिन्छन् ।

साइबर बुलिङ

अनलाइन मार्फत प्रत्यक्ष रूपमा गरिने बुलिङमा इमेल, च्याट रुम, सामाजिक सञ्जाल, टेक्स्ट म्यासेज, इन्स्ट्यान्ट म्यासेज, वेवसाइट पोस्टिङ वा ब्लग आदिको माध्यमबाट हुन्छ । साइबर बुलिङकर्ताले आफ्नो परिचय लुकाउन सक्छन् र पीडितले अज्ञात आक्रमणको रूपमा त्यस्तो बुलिङ खेप्न सक्छन् । साइबर बुलिङमा इमोसनल बुलिङमा हुने सबै थोक पर्छन् ।

विद्यालयमा हुने बुलिङको लक्षित समूह

होमोफोबिक बुलिङ कहिलेकाहीँ अरूभन्दा अलि फरक मानिन्छ किनभने यसको निश्चित लक्षित समूह छ ।

शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूमाथि हुने बुलिङको पनि लक्षित समूह हुन्छ ।

रंगभेदी बुलिङमा कुनै विशेष वर्णको वा संस्कृतिको मानिसलाई लक्षित गरिएको हुन्छ ।

धार्मिक बुलिङले विशेष धार्मिक मान्यता भएका मानिसहरूलाई लक्षित गरेको हुन्छ ।

बुलिङसम्बन्धी केही तथ्य

-एनसिइएसको रिपोर्ट अनुसार मध्य कक्षाहरू (६–७) मा सिनियर स्कूलमा भन्दा पनि धेरै बुलिङ हुन्छ ।

-भावनात्मक बुलिङ सबैभन्दा धेरै प्रचलित बुलिङ हो । त्यस्तै शारीरिक रूपमा गरिने बुलिङ दोस्रो प्रचलित बुलिङमा पर्छ ।

-साइबर बुलिङ मध्यम कक्षाका विद्यार्थीमा खासै हुँदैन तर यो विद्यालयको अन्तिम तीन वर्षमा भने धेरै हुन्छ ।

-धेरैजसो बुलिङ विद्यालय परिसरभित्रै हुन्छ जुन खेलकुद मैदानमा अलि कम र विद्यालयमा अझै कम हुन्छ ।

-मध्यम कक्षाका विशेषगरी ६ कक्षाका विद्यार्थीलाई बसमा धेरै बुलिङ गरिएको हुन्छ ।

-बुलिङबाट ६ कक्षामा पढ्नेहरूलाई धेरै शारीरिक चोट लाग्ने, ८–९ पढ्नेलाई अलि कम र हाइस्कूलकालाई निकै कम चोट लाग्ने गरेको छ ।

बुलिङबाट पीडितहरूमा विभिन्न प्रकारका समस्याहरू देखिन्छन् 

-आत्मसम्मानको कमी

-अरूलाई विश्वास गर्न गाह्रो हुने

-आत्मविश्वासको कमी

-चाँडो रिसाउने

-रिस नियन्त्रण गर्ने

-एक्लै बस्ने

व्यक्तिगत बुलिङ प्याक बुलिङ हुने जुनसुकै स्थानमा पनि हुनसक्छ र प्याक बुलिङ नहुने सानो क्षेत्र जस्तै बाथरुममा पनि हुनसक्छ ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech