८ बैशाख २०८१, शनिबार

कोेहलपुर बाणिज्य संघको चुनावी सरगर्मी सुरु

वामपन्थी व्यवसायीका साझा उम्मेदवार बिष्णु खनाल

  • न्युज मानसराेवर

बाँके बैजनाथ । कोहलपुर क्षेत्रका बामपन्थी उद्योगी व्यवसायीहरुले आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा एकताबद्ध भएर चुनावी प्रतिस्प्रर्धा गर्ने भएका छन । राष्ट्रीय रुपमा नेकपा बिभाजित भएपनि कोहलपुरका व्यववासयीहरुले एकताबद्ध हुदै सर्बसम्मत रुपमा बिष्णु खानालको नेतृत्वममा चुनावमा प्रतिस्प्रर्धा गर्ने निर्णय भएको व्यवसायी नम प्रसाद शर्माले जानकारी दिए । शनिवार कोहलपुर क्षेत्रका वामपन्थी व्यवसायीको भेलाले खानाललाई अध्यक्ष पदमा निर्वाचित गर्ने निर्णय गरिएको जानकारी दिए ।

खनाल कोहलपुर उद्योग बाणिज्य संघको संस्थापक सदस्यका साथै पूर्व महासचिव तथा उपाध्यक्ष समेत रही सकेका छन । कोहलपुर उद्योग बाणिज्य संघका निर्वाचन फागुन २२ गते हुदै छ । २२ गते हुने निर्वाचनका लागि फागुन ५ गतेसम्म फर्महरु नबिकरण र दर्ताको समयाअवधी रहेको संघका अध्यक्षका उम्मेदवार बिष्णु खनालले जानकारी दिए ।

उम्मेदवार टुगो लगाउने व्यवासयीको भेलामा बोल्दै उद्योग बाणिज्य महासघ लुम्बीनी प्रदेश सदस्य नरेन्द्र शर्माले पार्टी बिभाजित अवस्थामा पनि एकताबद्ध भएर खनाल नेतृत्वलाई बिजयी गराउन लाग्नका लागी निर्देशन दिए । उनले निर्वाचन परिचालनका लागि कोहलपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिती गठन गरिएको जानकारी समेत दिए ।

कार्यक्रममा नेकपाका नेता असोक कोईराला, नरेन्द्र न्यौपाने, बलराम भट्टराई लगाएतले पार्टी बिभाजनको छाया व्यवासायीमा पर्न नहुने बताए । उनले बिभाजीत अवस्थामा पार्टी रहे एकताको सम्भावना बाकी रहेको समेत बताएका थिए ।

निर्वाचनमा नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी व्यवासयीले लक्ष्मण राज पौडेलको नेतृत्वमा चुनाव जाने तयारी गरेका छन । प्रजातान्त्रीक उद्योग व्यववायीहरु माझ अनौपचारीक भेटघाट सुरु गरेको उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार चण्डी प्रसाद गैरेले जानकारी दिए ।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech