१३ बैशाख २०८१, बिहीबार

नेकपाको प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
  • न्युज मानसराेवर

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की ब्यांक्वेटमा बोलाइएको छ।

माघ ११ गते साँझ बसेको निर्वाचन आयोगको आन्तरिक बैठकले नेकपा विभाजित नभएको र दुवै पक्षले गरेका बैठक र निर्णयलाई अवैधानिक भनेपछि पहिलोपटक नेकपाको एक पक्षको बैठक बस्न लागेको हो।

सोही पक्षको माघ ११ गते अपराह्न बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो। त्यसअघि माघ ५ गते ओलीलाई स्पष्टीकरण सोधिएको थियो। तर उनले जवाफ दिएक  थिएनन्। आजको केन्द्रीय कमिटी बैठकले त्यो निर्णयलाई अनुमोदन गर्ने बताइएको छ। अन्य एजेन्डाबारे खुलाइएको छैन।

गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि नेकपाका दुई पक्षले आ-आफ्नो गतिविधि गर्दै आएका छन्। एक पक्षको नेतृत्व प्रचण्ड-माधवले गरेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन्। नेपाल लाइभमा उल्लेख समाचार

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech