१० बैशाख २०८१, सोमबार

कानुनी कारबाही गर्न भेरी अस्पतालको माग
  • न्युज मानसराेवर

बाँके बैजनाथ । भेरी अस्पताल नेपालगञ्जमा चिकित्सक तथा नर्सिङ स्टाफमाथि हातपात र दुव्र्यवहार गर्नेहरुको पहिचान गरि कानुनी कारबाही गर्न अस्पताल बिकास समितीले माग गरेको छ ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसहित ८÷१० जना युवाहरु सोमवार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात र दुव्र्यवहार गरेका थिए ।

शाही अस्पतालका मेसु डा. प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदीसहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गरेका थिए ।

नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुव्र्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, धनराम वलि, सरस्वती मल्ल र मेसु डा. प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको हो ।

  • २० माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech