१३ बैशाख २०८१, बिहीबार

ट्राफिक जरिवाना अब अनलाइनबाटै तिर्न सकिने
  • न्युज मानसराेवर

काठमाडौं – के तपाईंले ट्राफिक नियम उल्लंघन गर्नुभयो र खल्तीमा पैसा छैन ? अब चिन्ता गर्नुपर्दैन, ट्राफिक प्रहरीले अनलाइनबाटै जरिवाना तिर्न मिल्ने व्यवस्था गरेकाे छ।

यो प्रणाली सुरु भएपछि सवारी चालकलाई लाइन बस्नुपर्ने, बैंकमा जरिवानाको रकम जम्मा गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ।

आज ‘ट्राफिक जरिवाना अनलाइन भुक्तानी’ सेवाको शुभारम्भ गरिँदै छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सो सेवा उद्घाटन गर्ने कार्यक्रम छ।

सवारी चालकको सहजताका लागि जरिवाना रकम अनलाइनबाट भुक्तानी गर्न मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

  • २१ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech