१३ बैशाख २०८१, बिहीबार

एक्लै भारत जाँदै गरेकी १४ बर्षिया बालिकाको उद्धार
  • न्युज मानसराेवर

बर्दिया । सशस्त्र प्रहरीले एक जना बालिकालाई उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाबाट गुलरियाको सुरजपुर नाकामा खटिएको टोलीले एक जना १४ बर्षिया बालिकाको बुधबार उद्धार गरेको बर्दियाका प्रमुख एसपी नर बहादुर रावतले जानकारी दिएका छन् ।

सिमा नाकाबाट एक्लै भारतमा अंकललाई भेट्न जाने भनेपछि ति बालिकालाई सशस्त्र प्रहरी शंका लागेर रोकेको थियो । सोधपुछका क्रममा ति बालिकाले आफुलाई कहिले बौनिया ७ कैलालीको भन्ने कहिले अस्थायी ठेगाना गुलरियाको ईट्टा भट्टा हो भनेपछि सशस्त्र प्रहरीले ति बालिकालाई आफ्नो नियन्त्रणमा लिएको एसपी रावतले भने ।

धेरैबेरको सोधपुछ पछि सशस्त्र प्रहरी ति बालिकालाई माईती नेपालको जिम्मा लगाएको एसपी रावतले बताएका छन् ।

  • २२ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech