१५ चैत्र २०८०, बिहीबार

वडाध्यक्ष लामाको निधनमा शोकसभा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बिहीवार उपचारका क्रममा काठमाण्डौको मेडिसिटी अस्पतालमा निधन भएका नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष बिष्णुबहादुर लामाको शुक्रवार अन्तिम विदाई गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा कार्यालयमा श्रद्धाञ्जलीसभा सहित स्व. लामाको अन्तिम विदाई गरिएको हो । श्रद्धाञ्जलीसभामा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले लामाको निधनबाट नेपालगञ्जले लोकप्रिय र अनुभवी जनप्रतिनिधी गुमाएको बताए ।

उपमेयर उमा थापा मगरले स्व. लामा नेपालगञ्जको विकास र समृद्धिको पक्षमा सदैब क्रियाशिल रहँदै आएको बताइन् । लामाको उपचारमा उप–महानगरपालिका, जनप्रतिनिधी र कर्मचारीका तर्फबाट सक्दो सहयोग गरिएको उनले जानकारी दिइन् ।

नेकपा बाँकेका सचिव अशोक कोइरालाले स्व. लामाको नेतृत्वमा वडामा निर्माणाधिन विकास निर्माण लगायतका अन्य कामहरु पूर्णता नै लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । वडा सदस्य रमेश तिमिल्सेनाले लामाको अभिभावकत्वमा आफुहरु वडाबासीको काममा खटिर्दै आएको भन्दै वडाबासीले असल अभिभावक गुमाएको बताए ।

मेयर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, जन प्रतिनिधी, कर्मचारी लगायतले स्व. लामाको शवमा माल्र्यापण सहित अन्तिम विदाई गरे ।

  • २३ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech