१५ चैत्र २०८०, बिहीबार

वाणिज्य संघ कोहलपुरको निर्वाचन चहलपहल शुरु

को हुन यी दुई व्यक्ती ?

  • न्युज मानसराेवर

कोहलपुर उद्योग वाणिज्य संघ निर्वाचन आउन झण्डै एक महिना बाँकी छ । संघले २०७७ फागुन ०७ गते भित्र नयाँ सदस्यता दर्ता तथा नविकरण गराउनु हुन सम्र्पूण उद्योगी , व्यापारी,बस्तुगत एवं एशोसियट्स सदस्य ज्यूहरुमा यसै सूचना जारी गरेको छ । तर अहिले उद्योग वाणिज्य संघको चुनावी माहोल विस्तारै तातिदै गएको छ । प्रजातान्त्रिक प्यालनबाट अध्यक्ष पदका लागि लक्ष्मणराज पौडेल र समावेशी साझा प्यालनको तर्फबाट विष्णु प्रसाद खनाल चुनावी मैदानमा होमिदै छन् ।

विष्णु खनाल
कोहलपुर नगरपालिका विगत २०५० सालदेखी कोहलपुरमा बसोबास गर्दै आइरहेका अध्यक्ष पदका लागि दावेदार खनाल समाजिक व्यत्तित्व हुन । उनी क्षणिक चर्चामा आउँने भन्दा पनि आफ्नै शैलिले काम गरेर समाजमा छवि कमाउँदै परिचित भएका छन् । खनाल यस भन्दा पहिले पनि कोहलपुर उद्योग वाणिज्य संघको संस्थापकको रुपमा पनि परिचित छन् । २ कार्यकालमा सल्लाकार पदमा, २०५३ सालमा प्रथम महासचिव पदमा रहेर निरन्तर २४ वर्ष सम्म उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आइरहेका छन् । हाल खनाल अध्यक्षको पदका उम्मेदारी समेत हुन । सामाजिक क्षेत्रमा लामो समय सम्म काम गर्दै आइरहेका उनी अग्रज व्यतित्वका रुपमा समाजको सुख दुःख बुझेका नागरिक हुन् । खनाल वि.स. २०५४ साल देखि निरन्तर उद्योग वाणिज्य संघको सदस्य पदमा समेत रहेर अनुभव हाँसिल गरिसकेका छन् । खनालको प्यानलबाटवरिष्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी, उपाध्यक्ष(उद्योग) तर्फ कमल खड्का, उपाध्यक्ष (बाणिज्य) बलराम देवकोटा , महासचिवमा नवीन खड्का, कोषाध्यक्षमा खेमघिमिरे, उपमहासचिवमा पर्शुराम लामिछाने र सह– कोषाधक्ष्य भुपेन्द्र काफ्ले चुनावी मैदानमा प्रतिस्पर्दा गर्ने भएका छन् । उमेरले पाको र थुप्रै अनुभवहरुगरिसकेका खनाल यस पटको उद्योग वाणिज्य सघको निर्वाचनमा आफुले जित हासिल गर्ने लक्ष्यमा अगाडी बढिरहेका छन् । खनालले पनी सामाजिक क्षेत्रमा काम गर्ने शिलसिलामा कोहलपुरमा विभिन्न वडाहरुमा उपस्थिती भई आफ्नो सक्दो सहयोग गर्दै आएका थिए । पछिल्लो समयमा कोरोना भाइरसको महामारीको समयमा खानेपानी व्यवस्थापन, टोलबस्तीमा सेनिटाइजर गर्ने, लगायत दर्जनौ कार्यहरु गर्दै आएको उदाहरण रहेका छन् ।खनालले टेलिफोन मार्फत भनेका छन् मेरो उद्योग वाणिज्य संघको स्थापना कालदेखी निरन्तर मेरो योगदान भएकाले अन्तिम उद्योग वाणिज्य संघको उम्मेदारी रहेको बताए । चुनावबाट बिजय हुँदा वा पराजय हुँदा पनि निरन्तर उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने खनाले बताएका छन् ।

लक्ष्मणराज पौडेल
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा विगत २०५१ सालदेखी बसोबास गर्दै आइरहेका छन् । सक्रिय रहेर निरन्तर व्यवसाय गरिरहेका अध्यक्षका दावेदार हुन
लक्ष्मणराज पौडेल । उद्योग वाणिज्य संघको उपमहासचिव पदमा २ वर्षको कार्यकाल पुरा गरिसकेका छन् भने हाल वर्तमान सल्लाकार समेत रहेका छन् । लामो व्यवसायिक अनुभवलाई व्यवसायीको हितमा प्रयोग गर्ने अठोटका साथ उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने भएका छन । विशुद्द व्य्वसायीक मतले चुनाव जित्नु पर्छ भन्दै आफ्नो उम्मेदारी दिएका पौडेल व्यवसाय सँगै सामाजिक कार्यमापनी उतिकै अग्र पङ्तिमा रहेका व्यक्ती हुन ।
सामाजिक काममा भौतीक मात्र नभएर आर्थीक रुपमा लाखौँ सहयोग गरी सकेका उनले आफ्नो व्यवसायको आम्दानीबाट केही प्रतिशत रकम सामाजिक कार्यमै लगानी गर्ने गर्दछन । उनको यही भूमिकाले पनि अहिले कोहलपुर बासी पौडेले ले नै जित्ने बताउने गरेका छन । त्यसो त हरेक विभिन्न चुनावी खेलमा पैसा बगाउने चुनावी पारीपाटी छदै छ तर उनी यो पल्ट् पैसा बगाउने खेलमा छैनन बरु उनले त्यो पैसा व्यापारिकै हितमा प्रयोग गर्ने बताउछन । पौडेल शैक्षिक क्षेत्रमा एम.एड अध्ययन गरेका छन् । कोहलपुर क्षेत्रका लागि पौडेलले हरेक संघसंस्था तथा सामाजिक कार्यको लामो अनुभव हासिल गरेका कारण आगामी दिनमा कोहलपुर उद्योग वाणिज्य संघलाई नयाँ ढंगबाट संचालनका साथै उद्योगी व्यवसायीहरु हितमा काम गर्ने प्रतिवद्धता जनाएकाछन् । पौडेल भन्छन् मेरो व्यक्तिगत स्वार्थ भन्दा पनि कोहलपुरमारहेका साना तथा मझौला व्यवसायीहरुको प्रत्येक्ष रुपमा रहेका समस्यालाई सामाधान गर्नु मेरो कर्तव्य रहनेछ । कोहलपुरमा हुने हरेक संकटका घडीहरुमा जनतालाई प्रत्येक्ष रुपमा महत्वपूर्ण योगदान दिदै आएका छन् । पछिल्लो ताजा काम मध्ये पौडेलको नेतृत्वमा कोरोना भारइसको महामारीको समयमा राहत वितरण , पैदल यात्रुहरुलाई खाना, खाजा, सवारीसाधनको व्यवस्था गरी घर सम्म पुग्नका लागी महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । वरिष्ठ उपाध्यक्षमा प्रदिप भट्राई , उद्योग उपाध्यक्ष चण्डी प्रसाद गैरे , वाणिज्य उपाध्यक्ष संगिता सुवेदी, महासचिव मात्रिका सापकोटा, उपमहासचिव दिपक बहादुर भण्डारी, कोषाअध्यक्ष सिता कार्की, सहकोषाध्यक्ष हरिशण के.सी. रहेका छन् ।

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech