१६ चैत्र २०८०, शुक्रबार

आजबाट पत्रकारलाई कोरोनाविरिुद्ध खोप दिईंदै
  • न्युज मानसराेवर

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवारबाट कोरोना भाइरस (कोभिड(१९) विरुद्धको खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि सोमवारबाट पत्रकारलाई लगाउने तयारी भएको हो । सोमवार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन शुरु गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमवारदेखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकार, निजामती कर्मचारीलाई खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचय खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
सहप्रवक्ता अधिकारीले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।

पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

  • २६ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech