८ बैशाख २०८१, शनिबार

मधेसी आयोगका सदस्य गुप्तालाई नेपालगञ्जमा सम्मान
  • न्युज मानसराेवर

बाँके बैजनाथ । संवैधानिक आयोगको रुपमा रहेको मधेसी आयोगका सदस्य विजय गुप्ताले आयोगले मुलुकमा जातीय सद्भाव बढाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आयोगको सदस्यमा नियुक्त भएपछि गुप्तालाई नेपालगञ्जस्थित सुन्दर काण्ड मित्र मण्डलले सम्मान गरेको हो ।

सो अवसरमा गुप्ताले आयोगको सदस्यसँगै आफुले सामाजिक सेवाको कामलाई निरन्तरता दिने बताए ।

गुप्तालाई सम्मान गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले संवैधानिक परिषदले योग्य ब्यक्तिलाई आयोगको सदस्यको रुपमा जिम्मेवारी दिएको भन्दै यसबाट नेपालगञ्जबासी उत्साहित भएको बताए ।

मित्र मण्डलले भेरी अस्पतालमा २० रुपैयाँमा प्रति छाक खाना खुवाईरहेको छ । सोही स्थानमा सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पुर्ब प्रमुख डा. श्यामसुन्दर यादव, उद्योगपति कन्हैयालाल बैद्य, प्रदिप छाछेड, नेपाली काँग्रेसका नेता प्रशान्त विष्ट, राप्रपाका नेता ऋषिराज देवकोटा लगायतको उपस्थिती थियो ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech