१४ बैशाख २०८१, शुक्रबार

आधारशिला तालिम बाट प्रभावित महिलाहरुले गरे उपहार प्रदान
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ५ स्थित मालती   महिला समुहमा आवद्ध महिलाहरुले सामुयिक रुपमा आर्थिक विपन्न तथा शाररिक अशाय स्थानीय  राम बहादुर सुनारलाई उपहार प्रदान गरेका छन् ।

उनीहरुले सुनारलाई तालिम पश्चात प्रत्येक घर बाट चामल तरकारी लगाएत संकलन गरी उपहार प्रदान गरेका हुन् ।

राम बहादुर सुनार शाररिक अशक्त छन् भने उनी १० दुर जमिनमा सानो घरमा एक्लै बस्छन् । उन्का छोराहरु भारत छन् ।गासँ बांस का लागी उन्नलाई धरै नै कष्ट  छ ।

मालति  महिला समुह उपहार समुह हो । बैजनाथ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा बैजनाथ गाउँपालिका वडा न १ देखी ५ सम्म साना किसान उद्यमी सुढृढिकरण परियोजना सञ्चालनमा रहेको छ ।

पहिलो चरणमा २ हजार घर परिवारमा परियोजना सञ्चालन रहेको छ ।

समुहमा आवद्ध महिलाहरुले सामाजिक पुजीँको निमार्ण सगै सामाजिक रुपमा मेलमिलाप एकता तथा उपहार प्रदान जस्ता गतिविधिहरु संचालन गर्दै आएका छन् ।
मालती समुहकी अध्यक्ष आशा नेपालीले हेफर आधारशिला तालिमले जीवन जीउने मन्त्र उपलब्ध गराएको बताएकी छन् । उनले समाजमा यसरी नै सबै दिदीबहीनी मिलेर सामाजिक उत्तरदाहित्व बहन गर्ने बताएकी छिन् ।

  • २७ माघ २०७७, मंगलवार प्रकाशित

  • Nabintech