१२ बैशाख २०८१, बुधबार

दिपज्योति महिला समुहको उपहार
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका वडा नं ५ स्थित दिप ज्योती महिला समूहले उपहार प्रदान गरेका छन् ।

बैजनाथ गाउँपलिका र हेफर प्रोजेक्ट नेपाल एवं उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजनामा आवद्ध दिपज्योती महिला समूहका  महिलाहरुले उपहार प्रदान गरेका हुन ।

हेफर को ३ दिने आधारशिला तालिम लिए पश्चात उक्त समूहले वडा नं ५ की आर्थिक रुपले कमजोर तथा शारिरक अशक्त वृद्ध महिला कुश्मा परियारलाई उपहार प्रदान गरेका हुन् ।

हाल कुश्मा परियारको पारिवारीक अवस्था आर्थिक रुपले विपन्न छ भने उनी शारिरीक रुपमा  अशक्त छिन् ।

उपहार प्रदान कार्यक्रममा उत्पीडित सामूदायिक विकास केन्द्रका कार्यकारी निर्देशक रवि रोकायाले बैजनाथ गाउँपालिकामा  छहरिएर रहेका र पछाडी पारिएका वर्गलाई समूहमा आवद्ध गरि दिगो विकासका लागि सोचमा परिवर्तन गर्दै उद्यमी तथा आर्थिक विपन्नता न्यूनिकरण गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।

यसै गरी दिप ज्योति महिला समुह अध्यक्ष हिरा बस्नेतले हेफर आधारशिला बाट प्राप्त ज्ञान  पाउने मात्र  नभएर केही सहयोग गर्ने बानीको विकास गर्दै समुह एकता नै ठुलो बल भन्ने ज्ञान प्राप्त भएको बताईन् ।

 

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech