७ बैशाख २०८१, शुक्रबार

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले तीनै इन्धनको मूल्य बढाएको हो।

पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँका दरले मुल्य वृद्धि गरेको निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिलिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको छ।

बुधबारको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ कायम भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको जानकारी दिए।

मूल्य बढाएपश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ १६ पैसा, डिजेलमा ३ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।

यसरी घाटा हुँदा निगमलाई अर्धमासिक रुपमा ७३ करोड ८७ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ। नेपाल समय बाट

  • २८ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech