१४ बैशाख २०८१, शुक्रबार

अर्को सातादेखि कोरोनाको खोप सरकारी कर्मचारीलाई
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना भाइरसविरुद्धको खोप अर्को सातादेखि सरकारी कर्मचारीले लगाउन पाउने भएका छन्। फागुन ४ गते मंगलबारदेखि सरकारी कर्मचारीको पालो आउने भएको हो।

सुरुमा बढी भीडभाड हुने मालपोत, नापीलगायत कार्यालयका कर्मचारीलाई लगाइने र त्यसपछि अन्य कार्यालयका कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

माघ १४ गतेदेखि खोप अभियान सुरु भएकोमा स्वास्थ्यकर्मीले लगाइसकेका छन् भने अहिले पत्रकारहरुले लगाइरहेका छन्।

अहिले लगाइराखिएको १० लाख डोज खोप भारतले अनुदानमा दिएको हो। यो खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

दोस्रो चरणको खोप भने कोभ्याक्सको सुविधाबाट प्राप्त हुने बताइएको छ। २२ लाख डोज खोपको आशमा सरकार देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोभ्याक्समार्फत अबको १० दिनमा खोप आउने सम्भावना छ।

कोभ्याक्सले पहिलो चरणमा २२ लाख डोज खोप दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech