१३ बैशाख २०८१, बिहीबार

सडक दुर्घटना हुँदा नेपालगञ्जमा एकको मृत्यु, एक घाइते
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा बिहीवार एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

वीपीचोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकलमा सवार भारतका सलमान राइन घाइते भएका छन् । उनको मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ । कुखुरा बोकेर आएको मोटरसाइकल र मिनिबस विहान पौने ६ बजे दुर्घटनामा परेको हो ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech