१४ बैशाख २०८१, शुक्रबार

समृद्ध बैजनाथ बनाउने अभियानमा हामी छौँःरुचाल

स्वास्थ्य शाखाले माघ १० गते भित्र पूर्ण खोप घोषणा अभियान स्वरुप हाल वडास्तरमा पूर्ण खोप अभियानलाई निरन्तरता दिइएको हो ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले पूर्ण खोप घोषणा अभियानलाई तिब्रता दिइएको छ ।

तत्कालिन चिसापानी गाविस र टिटिहिरीया गाविस हाल वडा न १ र ८ पहिला नै पूर्ण खोप घोषणा भइसकेका छन् ।

 

वडा न १ र ८ लाई आर्थिक वर्ष २०७७।७८ मा पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ ।

स्वास्थ्य शाखाले गाउँपालिका वडा न २,३,४,५,६,७ मा पूर्ण खोप घोषणा अभियानलाई तिब्रता दिइएको बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराए ।

स्वास्थ्य शाखाले माघ १० गते भित्र पूर्ण खोप घोषणा अभियान स्वरुप हाल वडास्तरमा पूर्ण खोप अभियानलाई निरन्तरता दिइएको हो ।

स्वास्थ्य  शाखाले पूर्ण खोप घोषणा अभियान बृह्त रुपमा आयोजना गर्ने समेत शाहीले जानकारी गराए  ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत नागरिकका अधिकार स्वास्थ्य शिक्षा गरिबीको अत्य लगाएतका क्षेत्रमा स्थानीय सरकार कटिबद्ध छ र त्यसका लागी स्थानीय सरकारले आफ्ना नियमित गतिविधि मार्फत समृद्ध बैजनाथ बनाउने अभियानको निरन्तरतामा हामी छौँ ‘ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल भने । 

रुचालले आम नागरिकलाई स्वास्थ्य क्षेत्र सँग जोड्ने उदेश्यले सबै वडाहरुमा स्वास्थ इकाइ  स्थापना गरिएको बताए । ‘उनले स्वास्थ्य क्षेत्रमा सहजताका लागि निशुल्क एम्बुलेन्स खरिद प्रक्रियामा रहेको समेत जानकारी गराए ।

वडा स्तरीय  पूर्ण खोप अभियानमा वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले स्वास्थ्य क्षेत्रमा क्रियाशिल सबै स्वास्थ्यकर्मी स्वास्थ्य स्यमसेविकाहरुलाई धन्यवाद तथा अभार प्रकट गरे ।

वडा स्तरीय पूर्ण खोप अभियानमा स्वास्थ्यकर्मी वडाका प्रतिनिधि विभिन्न शाखाका प्रमुख स्वास्थस्यमसेविका लगाएतको सहभागिता रहेको थियो ।

  • ३० माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech