७ बैशाख २०८१, शुक्रबार

तत्काल मौसममा सुधार नआउने : मौसमविद्
  • न्युज मानसराेवर

काठमाण्डौ । देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताए । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताए ।

शनिवार देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन ।

माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र परिहाले पनि फाट्टफुट्ट मात्रै पर्ने बताए ।

हिउँदको समयमा पर्याप्त पानी नपर्दा किसानले लगाएको हिउँदे बाली उत्पादनमा गिरावट आउने कृषिविज्ञहरुले बताएका छन् ।

  • १ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech